सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस २६ चैत २०८२ १७:४४ | Thursday, April 9, 2026
18
SHARES
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ।

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबीच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए। उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे। सो अवसरमा सभामुखले नेपालको सामाजिक-आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकायमार्फत पुर्‍याइएको योगदानको प्रशंसा गरे।

संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे।

सभामुखले संघीय संसदमा नेपाल-स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।

भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। राजदूत मेउल्लीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिइन्।

प्रकाशित: २६ चैत २०८२ १७:४४ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast