गुराँस गाउँपालिकामा गिट्टीबालुवा ठेक्कामा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

हिमाल प्रेस ३० चैत २०८२ १५:४५ | Monday, April 13, 2026
12
SHARES
गुराँस गाउँपालिकामा गिट्टीबालुवा ठेक्कामा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा गिट्टी, बालुवा, ढुंगा तथा ग्राभेल उत्खनन् ठेक्कामा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष ०७८/०७९ मा दैलेखको गुराँस गाउँपालिकास्थित कर्णाली नदी र लोहरे खोला क्षेत्र (तल्लो डुङ्गेश्वर) बाट नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री वितरणका लागि गरिएको ठेक्कामा सम्झौताअनुसार बुझाउनुपर्ने रकम दाखिला नगरी भ्रष्टाचार गरिएको पाइएको हो।

यस प्रकरणमा गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसहित दुई जना र आर.के. कन्स्ट्रक्सनलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम २२ लाख ४४ हजार ५ सय रुपैयाँ बिगो कायम गरी सोही बमोजिम कैद तथा जरिबाना सजायको मागदाबी लिएको छ। बिगो असुल उपर गर्न पनि माग गरिएको आयोगले जनाएको छ।

प्रकाशित: ३० चैत २०८२ १५:४५ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast