विगतका गल्ती नदोहोऱ्याउन सभामुखलाई कांग्रेस सांसद केसीको सुझाव

हिमाल प्रेस २३ चैत २०८२ १४:११ | Monday, April 6, 2026
6
SHARES
विगतका गल्ती नदोहोऱ्याउन सभामुखलाई कांग्रेस सांसद केसीको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई विगतका कमजोरी नदोहोऱ्याई जिम्मेवारीपूर्ण ढंगले काम गर्न शुभकामना दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले फरक फरक राजनीतिक विचारबाट निर्वाचित भए पनि सबै सांसदहरूको साझा लक्ष्य मुलुकको समृद्धि भएको बताए।

उनले दलगत स्वार्थभन्दा राष्ट्रियता ठूलो भएको उल्लेख गर्दै केसीले राष्ट्रिय हितका विषयमा एकताबद्ध हुनुपर्नेमा जोड दिए।

उनले संसद्ले जनताको उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने आवश्यकता औंल्याए।

आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्ता अभ्यासलाई गलत भन्दै त्यसलाई सच्याउनुपर्ने सांसद केसीको भनाइ छ।

उनले आकस्मिक समय सांसदहरूको विशेषाधिकार भएको उल्लेख गर्दै त्यसको सही प्रयोग सुनिश्चित गर्न सभामुखलाई आग्रह गरे।

केसीले सभामुख अर्यालले आफ्नो विशेषाधिकारको सदुपयोग गर्दै संसद्को गरिमा र प्रभावकारिता बढाउने अपेक्षा समेत व्यक्त गरे।

प्रकाशित: २३ चैत २०८२ १४:११ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast