कांग्रेस र नेकपाले उपसभामुखमा ठाकुरलाई समर्थन गर्ने

हिमाल प्रेस २७ चैत २०८२ १७:२७ | Friday, April 10, 2026
32
SHARES
कांग्रेस र नेकपाले उपसभामुखमा ठाकुरलाई समर्थन गर्ने

काठमाडौँ- नेपाली कांग्रेस र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै कांग्रेस सांसद बासना थापा र नेकपा सांसद रमेशकुमार मल्लले उनलाई समर्थन गर्ने बताएका हुन्।

उपसभामुख निर्वाचनमा ठूलो दल रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुर र राप्रपाको तर्फबाट सरस्वती लामाको उम्मेदवारी परेको छ।

प्रकाशित: २७ चैत २०८२ १७:२७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast