एक महिना ढिलोगरी आयोगले खुलायो निमावि विज्ञापन

हिमाल प्रेस २४ चैत २०८२ १०:४० | Tuesday, April 7, 2026
118
SHARES
एक महिना ढिलोगरी आयोगले खुलायो निमावि विज्ञापन

काठमाडौँ- शिक्षक सेवा आयोगले एक महिना ढिलोगरी निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ।

आयोगको वार्षिक कार्यतालिकाअनुसार उक्त तहको विज्ञापन गत फागुनमै प्रकाशन हुनुपर्ने थियो।

आयोगले साेमबारको (चैत २३ गते) निर्णयअनुसार आजबाट विज्ञापन सार्वजनिक गरेको जनाएको ‍हो।

प्रकाशित सूचनाअनुसार सामुदायिक विद्यालयमा रिक्त निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी रूपमा पूर्ति गरिनेछ।

आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिनका लागि उम्मेदवारहरूले आयोगको वेबसाइटमार्फत उपलब्ध अनलाइन प्रणाली प्रयोग गर्नुपर्नेछ।

विज्ञापनसम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ।

आयोगले समयमै विज्ञापन नखुलाउँदा परीक्षार्थीहरू प्रभावित भएको गुनासो यसअघि उठ्दै आएको थियो।

प्रकाशित: २४ चैत २०८२ १०:४० | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast