उपसभामुखमा श्रम संस्कृतिको दाबी

हिमाल प्रेस २२ चैत २०८२ १६:५२ | Sunday, April 5, 2026
28
SHARES
उपसभामुखमा श्रम संस्कृतिको दाबी

काठमाडौँ – श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो दाबी रहेको जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखमा आफूहरूको दाबी रहेको बताएका हुन्।

आइतबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उसभामुखमा आफ्नो पार्टीको पनि दाबी रहेको भन्दै आफूहरू छलफलमा नै रहेको बताए।

प्रतिनिधिसभाको उपसभामुखका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि दाबी गरेको छ। अध्यक्ष राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सबैलाई न्याय हुनेगरी नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सबै दललाई समान व्यवहार हुने उल्लेख गरे।

संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ।

प्रकाशित: २२ चैत २०८२ १६:५२ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast