सगरमाथा म्युजिक अवार्डमा कोरियोग्राफर अश्विनीकान्त झा सम्मानित

हिमाल प्रेस २९ चैत २०८२ ११:५७ | Sunday, April 12, 2026
10
SHARES
सगरमाथा म्युजिक अवार्डमा कोरियोग्राफर अश्विनीकान्त झा सम्मानित

काठमाडौँ- ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनीकान्त झा सम्मानित भएका छन्।

झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार मोडलिङ क्षेत्रमा झाले पुर्‍याएको योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो।

सम्मानप्रति धन्यवाद दिँदै झा ले यसले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको सुनाए। ‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा पिन काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’ कोरियोग्राफर झाले भने ।

अश्विनीले केही वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ र व्यक्तित्व विकासमा काम गर्दै आएका छन्।

प्रकाशित: २९ चैत २०८२ ११:५७ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast