राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

हिमाल प्रेस २२ चैत २०८२ १६:३१ | Sunday, April 5, 2026
26
SHARES
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन्।

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका हुन्।

यसै गरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दंगाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ।

संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ।

सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक भोलि (मंगलबार) १२ः१५ बजे हुनेछ।

प्रकाशित: २२ चैत २०८२ १६:३१ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast