काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका थिए। योसँगै प्रधानमन्त्री शाहसँग रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन्।
योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य रहेका छन्।

प्रकाशित: २६ चैत २०८२ १७:५० | Thursday, April 9, 2026
प्रतिक्रिया




