महाकाली नदीमा नुहाउँदा बेपत्ता चन्द अझै भेटिएनन्

हिमाल प्रेस १९ चैत २०८२ १३:३४ | Thursday, April 2, 2026
8
SHARES
महाकाली नदीमा नुहाउँदा बेपत्ता चन्द अझै भेटिएनन्

बैतडी- महाकाली नदीमा मंगलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात छ।

मंगलबार बिहान ११:३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारीरहे पनि भेट्टाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए।

प्रकाशित: १९ चैत २०८२ १३:३४ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast