विद्यार्थी भर्ना र पठनपाठनसम्बन्धी सबै विद्यालय र स्थानीय तहलाई केन्द्रको पत्र

हिमाल प्रेस २७ चैत २०८२ ८:०५ | Friday, April 10, 2026
132
SHARES
विद्यार्थी भर्ना र पठनपाठनसम्बन्धी सबै विद्यालय र स्थानीय तहलाई केन्द्रको पत्र

काठमाडौँ- शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु हुने भएको छ। सरकारले सोही मितिबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यार्थी भर्ना कहिलेदेखि सुरु हुने भन्ने अन्योल हटेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचनाअनुसार भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख २१ गतेदेखि सञ्चालन गरिनेछ। यसअघि प्रायः शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुने गरेको थियो।

केन्द्रले वैशाख २ गतेदेखि भने प्रवर्द्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ। यस अवधिमा शैक्षिक सत्रका कार्ययोजना, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने कार्य गर्न भनिएको छ।

त्यसैगरी शिक्षकको पेसागत क्षमता अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना तयार पार्न पनि निर्देशन दिइएको छ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार विद्यालयले आफ्नो शैक्षिक कार्यक्रम सोही अनुरूप तयारी गरी कार्यान्वयन गर्न केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: २७ चैत २०८२ ८:०५ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast