दक्षिणकालीमा कार पल्टियो, चालकको मृत्यु

हिमाल प्रेस २९ चैत २०८२ २०:४८ | Sunday, April 12, 2026
22
SHARES
दक्षिणकालीमा कार पल्टियो, चालकको मृत्यु

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका-८, चुत्राघारी पानीघाटस्थित सडकमा आज (आइतबार) एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो।

उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका-१०, पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

यसैबीच काठमाडौँ महानगरपालिका-९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित: २९ चैत २०८२ २०:४८ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast