काठमाडौँ- व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई आज (बिहीबार) काठमाडौँ नक्सालबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। अध्यागमन विभागले समेत भट्टलाई अध्यागमनको कालोसूचीमा राख्दै राहदानी रोक्कासमेत गरेको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत सेयरधनी रहेका भट्टविरुद्ध झण्डै ३ अर्ब ३९ करोड ५० लाख ४८ हजार ३०१ रूपैयाँ दुरूपयोग गरेको आरोप छ।
उनले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनीलगायतका सेयर खरिद गरी हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ३३ करोड ३३ लाख ९४ हजार ९५०, यसको सहायक कम्पनी हिमालयन सेक्युरिटिज ब्रोकरबाट २९ करोड ९५ लाख ९१ हजार ४८४, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीको ३६ करोड, एचएलआई लार्ज क्यापिटल फन्डबाट २४ करोड १८ लाख ४८ हजार ४८५ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ अर्ब ५१ करोड १७ लाख ४२ हजार ८०३ भदा बढी रकम दुरूपयोग गरेको देखिएपछि अनुसन्धान थालिएको हो।
भट्टले धितोपत्र दलाल इजाजत नं. ५४ भूकम्पी स्टक ब्रोकिङ कम्पनी प्रालिमार्फत सेयरहरू खरिद गरेका थिए।




