कपिलवस्तुमा अनियन्त्रित भई पल्टियो बस, २६ घाइते

हिमाल प्रेस २७ चैत २०८२ ८:४३ | Friday, April 10, 2026
12
SHARES
कपिलवस्तुमा अनियन्त्रित भई पल्टियो बस, २६ घाइते

कपिलवस्तु- पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए।

दुर्घटनालगत्तै यात्रुको उद्धार गरिएको उनले बताए। घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २७ चैत २०८२ ८:४३ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast