काठमाडौँ- ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदैछ।
आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदैछ। यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ।
साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ। वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विकासमा जोड दिएको छ।
प्रकाशित: २९ चैत २०८२ ८:१९ | Sunday, April 12, 2026
प्रतिक्रिया




