वृन्दावनमा डुङ्गा दुर्घटना, ८ जनाको मृत्यु

हिमाल प्रेस २७ चैत २०८२ १९:०४ | Friday, April 10, 2026
18
SHARES
वृन्दावनमा डुङ्गा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ- भारत उत्तर प्रदेशको वृन्दावनस्थित यमुना नदीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।

वृन्दावनस्थित केशी घाटनजिक डुङ्गा दुर्घटना भएको हो। दुर्घटनामा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार २२ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको छ। दुर्घटनामा परी बेपत्ता हुनेहरूको संख्या यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

मथुराका जिल्ला अधिकारी चन्द्रप्रकाश सिंहले बोटिङ गर्ने क्रममा पञ्जाबबाट आएका श्रद्धालुहरूको डुङ्गा पल्टिएको जानकारी दिएका छन्।

डुङ्गामा ३० जना सवार रहेको बताइएको छ।

प्रकाशित: २७ चैत २०८२ १९:०४ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast