काठमाडौँ- ‘ब्ल्याक+डेकर’ ले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली उपभोक्ताका लागि विशेष योजना सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक विक्रकेता सीजी इलेक्ट्रोनिक्समार्फत सञ्चालनमा आएको यस योजनाले ग्राहकहरूलाई आकर्षक उपहार तथा विदेश भ्रमण जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
सन् १९१० देखि नवप्रवर्तनमा अग्रणी रहँदै आएको ‘ब्ल्याक+डेकर’ ले आफ्ना प्रिमियम घरायसी उपकरणहरूको खरिदमा विभिन्न उपहारहरू उपलब्ध गराउने जनाएको छ।
योजनाअन्तर्गत विभिन्न उपकरण खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा एयर फ्रायर लाइनर्स जस्ता सामग्री निश्चित उपहार रहेको कम्पनीले जनाएको छ।
त्यस्तै अभियानको अन्त्यम भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण तथा मेघौली सराही लक्जरी बसाइ जित्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकहरूले ‘ब्ल्याक+डेकर’ का कुनै पनि उत्पादन खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। त्यसपछि उनीहरू स्वतः लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।




