सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट, लिए शपथ

हिमाल प्रेस २३ चैत २०८२ २०:१६ | Monday, April 6, 2026
18
SHARES
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट, लिए शपथ

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको सिफारिसमा उनलाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री भट्ट बैतडी जिल्लाबाट नेपाली कांग्रेसका निर्वाचित प्रदेशससभा सदस्य हुन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन रहेको थियो।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत गरेका छन्।  कार्यविभाजन देहायबमोजिम छ।

१. कमलबहादुर शाह, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

२. बहादुरसिंह थापा, मन्त्री, आर्थिक मामिला मन्त्रालय ।

३. सुरेन्द्रबहादुर पाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय ।

४. मेघराज खड्का, मन्त्री, सामाजिक विकास मन्त्रालय ।

५. हिरा सार्की, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।

६. विरबहादुर थापा, मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ।

७.  शिवराज भट्ट, मन्त्री,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय ।

राज्यमन्त्री

१.प्रकाश बम, राज्यमन्त्री,आर्थिक मामिला मन्त्रालय ।

२.सरस्वती खड्का,राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय ।

३.निर्मलादेवी साउद, राज्यमन्त्री,भौतिक पूर्वाधार विकास मन्त्रालय ।

नवनियुक्त मन्त्री भट्टले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रकाशित: २३ चैत २०८२ २०:१६ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast