राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध

हिमाल प्रेस २२ चैत २०८२ १८:०८ | Sunday, April 5, 2026
50
SHARES
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन्।

आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी हुन्।

भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन्।

सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २२ चैत २०८२ १८:०८ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast