गैर भन्सार मार्गबाट आइरहेको केरा रोकियोस् : फलफूल व्यवसायी महासंघ

हिमाल प्रेस २४ चैत २०८२ ६:४८ | Tuesday, April 7, 2026
6
SHARES
गैर भन्सार मार्गबाट आइरहेको केरा रोकियोस् : फलफूल व्यवसायी महासंघ

काठमाडौँ- नेपाल फलफूल व्यवसायी महासंघले गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ । महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन्।

‘अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रूपमा व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महँगो मूल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैर भन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित: २४ चैत २०८२ ६:४८ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast