कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

हिमाल प्रेस २३ चैत २०८२ १०:३७ | Monday, April 6, 2026
14
SHARES
कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिप्रकाले प्रहरीलाई पाँच दिन अनुसन्धान गर्न अनुमति दिएको हाे।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिप्रकाले बताएको छ। प्रहरीका अनुसार बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि अभद्र व्यवहार मुद्दामा म्याद लिइएको हाे।

उनलाई म्याद थपको लागि भन्दै आइतबार सरकारी वकिल कार्यालय लगिएको थियो। उनी बलात्कारको आरोपमा शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका थिए।

बलेलाई अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन्। सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित: २३ चैत २०८२ १०:३७ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast