फिल्म ‘हामी तीन भाइ’ मा दर्शकको खडेरी

हिमाल प्रेस ३० चैत २०८२ १६:०१ | Monday, April 13, 2026
8
SHARES
फिल्म ‘हामी तीन भाइ’ मा दर्शकको खडेरी

काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ अहिले सीमित हलमा प्रदर्शन भइरहेको छ। फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन। प्रदर्शनको सुरुवातीमा न्युन सो पाएको फिल्म प्रायः हलबाट उत्रिसकेको छ । त्यसैले फिल्ममा दर्शकको खडेरी परेको छ। फिल्म यही चैत १३ देखि हलमा लागेको थियो।

चलचित्र विकास बोर्डले चैत २८ सम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। विवरणअनुसार फिल्मले ७ लाख २९ हजार ८ सय ५ रुपैयाँ मात्र कमाएको छ। यो फिल्म प्रदर्शनको १६ दिनको कमाइ हो। अहिलेसम्म फिल्मको २ हजार ८ सय ६७ मात्र टिकट बिक्री भएको छ। यसर्थ फिल्ममा दर्शकको खडेरी लागेको हो।

सामाजिक कथा बनेको फिल्ममा तीन दाजुभाइबीचको सम्बन्ध र मनमुटावलाई प्रस्तुत गरिएको छ। मधुसुदन भट्टराईले निर्देशन गरेकाे फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ३० चैत २०८२ १६:०१ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast