काठमाडौँ- सरकारको महान्यायाधिवक्तामा नियुक्त डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले शपथ गराएकी थिइन्। शपथ कार्यक्रममा कानुन मन्त्री सोबिता गौतमको समेत उपस्थिति थियो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।
यसअघि सविता भण्डारी बरालले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।
प्रकाशित: २२ चैत २०८२ १७:५५ | Sunday, April 5, 2026
प्रतिक्रिया




