आशा भोस्ले अस्पताल भर्ना

हिमाल प्रेस २९ चैत २०८२ ९:१६ | Sunday, April 12, 2026
14
SHARES
आशा भोस्ले अस्पताल भर्ना

काठमाडौँ- भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना भएकी छन्। मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षीया भोस्लेको हाल अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसेज युनिटमा उपचार भइरहेको छ।

भोस्ले फोक्सोको समस्या र उमेरजन्य अन्य स्वास्थ्य जटिलताबाट पनि गुज्रिरहेकी रहेको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन्। उनी पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्।

८ सेप्टेम्बर १९३३ मा जन्मिएकी भोस्लेले सन् १९४३ मा १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। उनले ९० वर्षको उमेरसम्म निरन्तर गायन क्षेत्रमा सक्रिय योगदान दिइन्।

प्रकाशित: २९ चैत २०८२ ९:१६ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast