अर्याल सभामुखमा निर्विरोध निर्वाचित

हिमाल प्रेस २० चैत २०८२ १४:५३ | Friday, April 3, 2026
36
SHARES
अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले मनोनयन दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको जानकारी दिए। प्रक्रिया पु¥याउनका लागि चैत २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा अर्याल निर्वाचित भएको घोषणा हुने उनले बताए।

‘उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको मात्रै उम्मेदवारी दर्ता भएको छ,’ गिरीले भने,‘उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। प्रक्रिया पु¥याउन चैत २२ गते बस्ने संसद बैठकमा घोषणा हुन्छ।’

संघीय संसद सचिवलायले सभामुख पदमा उम्मेदवारी दिन शुक्रबार बिहान ११ बजेदेखि २ सम्म समय तोकेको थियो। यो समयभित्र रास्वपाका अर्यालको मात्रै उम्मेदवारी परेको हो।
अर्यालयका प्रस्तावक रास्वपाका सभापति रवि लामिछाने तथा समर्थकहरू अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समर्थक थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सिट रहेको छ।

प्रकाशित: २० चैत २०८२ १४:५३ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast