मिस नेपाल नर्थ अमेरिका- २०२६ को आवेदन खुला

हिमाल प्रेस २६ चैत २०८२ १५:४८ | Thursday, April 9, 2026
18
SHARES
मिस नेपाल नर्थ अमेरिका- २०२६ को आवेदन खुला

काठमाडौँ- साैन्दर्य प्रतियाेगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो।

आठौँ संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको यो प्रतियोगीता यसवर्ष वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

स्थान परिवर्तन गरिएकोले यस वर्षको कार्यक्रम विगतको भन्दा पृथक हुने उनले बताए। यस वर्ष नेपाली सिने क्षेत्रसहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीहरूको समेत उपस्थित हुनेछन्।

उनका अनुसार कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९) गते हुनेछ। प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित हुनुपर्ने मापदण्ड राखिएको छ।

न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ।

इच्छुकले प्रतियोगिताको आधिकारिक वेबसाइट https://missnepalnorthamerica.com मार्फत आवेदन दिन सक्नेछन्।

यस वर्षको नारा ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने रहेको छ।

प्रकाशित: २६ चैत २०८२ १५:४८ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast