प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, सभामुख निर्वाचन २२ गते

हिमाल प्रेस १८ चैत २०८२ १५:१५ | Wednesday, April 1, 2026
16
SHARES
प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, सभामुख निर्वाचन २२ गते

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख निर्वाचन आगामी आइतबार (२२ गते) हुने भएको छ। सभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता गरिने कार्यतालिका बनाइएको छ। संसद्को पहिलो बैठकमै सभामुख चयन प्रक्रिया अघि बढाउने विषयमा दलहरूबीच सहमति भएको छ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकअघि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारमा आज सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा निर्वाचन प्रक्रिया तथा कार्यव्यवस्थासम्बन्धी विषयमा छलफल भएको थियो।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले सञ्चारकर्मीलाई निर्णयबारे जानकारी गराउँदै प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि पुरानै संसद् नियमावली प्रयोग गर्ने र आगामी संसद् बैठकमा नयाँ नियमावली बनाउने प्रस्ताव पेस गरिने बताए।

हाल संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल रहेकाले सोही दलबाट सभामुख चयन हुने लगभग निश्चित देखिएको छ। तर उपसभामुख भने फरक दल र फरक लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण यसबारे अझै सहमति जुट्न सकेको छैन।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेका थिए।

प्रकाशित: १८ चैत २०८२ १५:१५ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast