‘गुन भुलेउ’ काे सफलतापछि सारिकाले ल्याइन् दोस्रो भाग ‘साइला दाइ’ 

हिमाल प्रेस २२ चैत २०८२ १०:५४ | Sunday, April 5, 2026
18
SHARES
‘गुन भुलेउ’ काे सफलतापछि सारिकाले ल्याइन् दोस्रो भाग ‘साइला दाइ’ 

काठमाडौँ- ‘गुन भुलेउ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि सारिका घिमिरेले दोस्रो भाग ल्याएकी छन्। ‘गुन भुलेउ २ साइला दाइ’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

सारिकाकै शब्द, संगीत, स्वर रहेको गीत मनोज परियारको मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतमा आफूले माया गरेको, गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ। भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गरेकी हुन्। पहिलो भागलाईजस्तै दोस्रोलाई पनि दर्शकको माया र साथ मिल्नेमा आशावादी रहेको सारिकाले बताइन्।

केशवराज भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा प्रेमविछोडको पीडा समेटिएको छ। भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीले अभिनय गरेका छन्।

करण चैसिरको छायांकन गरेको भिडियो मनोज कार्कीको सम्पादनमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: २२ चैत २०८२ १०:५४ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast