मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा

हिमाल प्रेस २१ चैत २०८२ १६:१६ | Saturday, April 4, 2026
14
SHARES
मदिरा  पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा

काठमाडौँ– मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शनिबार विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन्।

उनले भने, ‘हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ। सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ।’

नियन्त्रणमा लिएका चालकहरूमाथि आवश्यक कारबाही गरिने उनले बताए।

प्रकाशित: २१ चैत २०८२ १६:१६ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast