म्याग्दीमा इभी भ्यान दुर्घटनामा भारतीय तीर्थयात्रीसहित ६ जना घाइते

हिमाल प्रेस २७ चैत २०८२ ६:०५ | Friday, April 10, 2026
6
SHARES
म्याग्दीमा इभी भ्यान दुर्घटनामा भारतीय तीर्थयात्रीसहित ६ जना घाइते

म्याग्दी- बेनी नगरपालिका-९ जलेश्वर नजिकै बिहीबार इलेक्ट्रिक भ्यान (इभी) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित ६ जना घाइते भएका छन्।

मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी बेनी-जोमसोम-कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एक जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन्।

भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोदशंकर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी-२ तनहुँका २२ वर्षीय सन्तोष भुजेल घाइते भएका हुन्।

जलेश्वरमा बुधबार अपराह्न पनि ट्रक र बस ठोक्किँदा मुक्तिनाथ दर्शन गरेर फर्कँदै गरेका १५ जना तीर्थयात्री घाइते भएका थिए।

१५ जना सवार गाडी गुडिरहेको अवस्थामा एक्कासी अनियन्त्रित भएर सडकको कुनामा ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।

प्रकाशित: २७ चैत २०८२ ६:०५ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast