लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ जना पक्राउ

हिमाल प्रेस २७ चैत २०८२ ६:०७ | Friday, April 10, 2026
14
SHARES
लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ जना पक्राउ

काठमाडौँ- चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेक पोष्टमा लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारीसाधन चलाउने ६ जनालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ।

चेकजाँचमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ट्रक चालक चार जना, सार्वजानिक यात्रुवाहक सवारीसाधन (भाडाबस) चालक एक जना, माइक्रोबस चालक एक जना गरी ६ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरू समातिएका हुन्।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुंगा काठमाडौँ पठाइएको छ।

 

प्रकाशित: २७ चैत २०८२ ६:०७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast