काठमाडौँ- फिल्म ‘आ बाट आमा’को अहिलेसम्म ५ लाखभन्दा बढी टिकटक बिक्री भइसकेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार चैत २८ सम्म फिल्मको ५ लाख ४ हजार ९ सय ५ टिकट बिक्री भएको हो।
फिल्म यसवर्षको सर्वाधिक कमाउने दोस्रो नम्बरमा परेको छ। तथापि फिल्म केही हलमा प्रदर्शन भइरहेको छ। बोर्डको विवरणअनुसार फिल्मले २८ गतेसम्म १३ करोड १५ लाख १ हजार ५ सय २० रुपैयाँ कमाएको छ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापालगायत कलाकारले अभिनय गरेका छन्।
पहिलो भागको सफलतासँगै टिमले दोस्रो भाग पनि बनाउने घोषणा गरिसहेका छन्।
प्रकाशित: ३० चैत २०८२ १५:१४ | Monday, April 13, 2026
प्रतिक्रिया




