लागुऔषधसहित ५ पक्राउ

हिमाल प्रेस २८ चैत २०८२ ८:५६ | Saturday, April 11, 2026
2
SHARE
लागुऔषधसहित ५ पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पाँचैजना अभियुक्तलाई हिरासतमा लिइएर कारबाही थालिएको छ ।

प्रकाशित: २८ चैत २०८२ ८:५६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast