लागुऔषधसहित २५ पक्राउ

हिमाल प्रेस २६ चैत २०८२ १३:५६ | Thursday, April 9, 2026
4
SHARES
लागुऔषधसहित २५ पक्राउ

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका-२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका-२ बाट एक र माडी नगरपालिका-६ बाट दुई जनालाई पक्राउ गरिएको हो।

यसैगरी, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

मोरङको उर्लाबारी नगरपालिका-२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका-२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरिएको छ।

प्रकाशित: २६ चैत २०८२ १३:५६ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast