प्रतीकात्मक तस्बिर।
काठमाडौँ- त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति १० बजे विमानस्थल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेहरूमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुलीका ३२ वर्षीय राजकुमार राई, मकवानपुरका ४० वर्षीय मंगलमान घलान, ३४ वर्षीय विश्व मोक्तान, पाँचथरकै ३८ वर्षीय खगेन्द्र लिम्बू, मोरङका २९ वर्षीय आशिष खतिवडा, धनुषाका ४५ वर्षीय वीरेन्द्र झा छन्।
त्यस्तै सिरहाका ६० वर्षीय लडा मिया, मोरङका ४६ वर्षीय पर्शुराम राई, रामेछापका २७ वर्षीय सन्तु तामाङ, धनुषाका ५३ वर्षीय रघुवीर साह, महोत्तरीका ३३ वर्षीय सरोजकुमार महतो, मकवानपुरका १९ वर्षीय अजय लामा, बझाङका २० वर्षीय रामप्रसाद जोशी र २९ वर्षीय विमलराज जोशी छन्।
उनीहरूमाथि विमानस्थल क्षेत्रबाट जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी यात्रुहरूलाई आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने, आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने गरेको आरोप छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरका एसपी भट्टराईले जानकारी दिए।




