प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ । शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।
सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् । अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।
यी हुन् सानुभाइसँग पक्राउ परेका व्यक्ति
१. प्रविण तामाङ (डिम्पल)- श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको ,
२. बिर्जु महर्जन- कलंकी – बाफल एरियामा गुण्डागर्दीमा संलग्न,
३. सुजन कार्की - कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय,
४. सरु गुमागाइ - स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय
५. विकि लामा - बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न
६. उत्तम तामाङ - बौद्ध एरियामा सक्रिय
७. आशिश तामाङ - बौद्ध क्षेत्रमा सक्रिय
8. रवि थिङ- श्याम लामाको समूहबाट बौद्ध एरियामा गुण्डा गर्दीमा संलग्न रहेको
९. अक्कल बहार्दुर थोकर- ड्राइभर
१०. संगे लामा- व्यवसायीहरूलाई धम्क्याउने समूह बनाई झै-झगडा गर्ने, जुवातास खेल्ने खेलाउने केस मिलाइदिन्छ भनि बिचौलियाको भूमिकामा देखिने
११. अक्कल बहादुर मोक्तान- व्यवसायीहरूलाई धम्क्याउने समूह बनाई झै-झगडा गर्ने, जुवातास खेल्ने खेलाउने केस मिलाइदिन्छ भनि बिचौलियाको भूमिकामा देखिने
१२. मिन बहादुर तामाङ- व्यवसायीहरूलाई धम्क्याउने समूह बनाई झै-झगडा गर्ने, जुवातास खेल्ने खेलाउने केस मिलाइदिन्छ भनि बिचौलियाको भूमिकामा देखिने
१३. सानु बाबु तामाङ - व्यवसायीहरूलाई धम्क्याउने समूह बनाई झै-झगडा गर्ने, जुवातास खेल्ने खेलाउने
१४. रिजन क्षेत्री
१५. ज्ञान बहादुर तामाङ
१६. अणे भन्ने अण लामा
१७. सानो बाबु भन्ने युवराज गुरुङ्ग
१८. राम बाबु अर्याल सिन्धुपालचोक




