तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते

हिमाल प्रेस २१ चैत २०८२ १८:५९ | Saturday, April 4, 2026
14
SHARES
तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते

चितवन– भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु १ च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा. प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोको पछाडि ठोक्किएको थियो।

घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन्। उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २१ चैत २०८२ १८:५९ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast