रात्रिकालीन दौडमा १४५ धावक, मुकेश भए प्रथम

हिमाल प्रेस २९ चैत २०८२ १८:५४ | Sunday, April 12, 2026
8
SHARES
रात्रिकालीन दौडमा १४५ धावक, मुकेश भए प्रथम

पोखरा- पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौडमा नेपालसहित पाँच देशका धावक सहभागी भएका छन्।

शनिबार राति फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका गरी १ सय ४५ धावक सहभागी भएका हुन्।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ दौडमा खुलातर्फ दार्चुला २९ वर्षीय मुकेश थापा प्रथम भए। उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे। यसै गरी सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा गर्दै दोस्रो हुँदा अकलबहादुर पाल तेस्रो भए। उनले उक्त दूरी पूरा गर्न १८ः०२ः०३ मिनेटमा पारे।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको खेलकुद र पर्यटन प्रवद्धर्नका लागि आयोजित नेपालकै पहिलो दौडमा महिलातर्फ २३ः०३ः५४ मिनेटमा पूरा गर्दै पुष्पा शर्मा लिम्बु प्रथम हुन सफल भइन्।

यू-१६ तर्फ राम ढुंगाना र विदेशीतर्फ फ्रान्सका स्यामुअल प्रथम भए। रामले २४ः३९ः६० मिनेट तथा स्यामुअलले २२ः०८ः०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए। खुलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँचहजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। अन्य विधाका विजेतालाई जनही ७/७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरियो।

उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्ककातर्फबाट एकहजार बराबरको कुपन तथा फ्रान्सकी खेलाडी वेनिडिडले बन्जीकुपन समेत हात पार्न सफल भइन्।

प्रकाशित: २९ चैत २०८२ १८:५४ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast