पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ।
इरानी सरकारका अनुसार केही विषयमा मतभेद कायमै छन् तर वार्ता रोकिएको छैन। तर वार्ता फेरि कहिले सुरु गर्ने भन्ने तय भएको छैन। रोयटर्सका अनुसार इरानको सरकारी टीभीका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने बताएका छन्।
अमेरकी वार्ताको टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले वार्तामा नेतृत्व गरिरहेका छन्। इरानले लेबननमा जारी इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।
४७ वर्षअघि १९७९ मा इरानको इस्लामिक क्रान्तिपछि अमेरिकासँग यति ठूलो स्तरमा आमनेसामने वार्ता भएको हो।
प्रकाशित: २९ चैत २०८२ ६:१६ | Sunday, April 12, 2026
प्रतिक्रिया




