मलंगवामा पोखरीमा डुबेर युवकको मृत्यु

हिमाल प्रेस ६ चैत २०८२ ६:०१ | Friday, March 20, 2026
16
SHARES
मलंगवामा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही- सर्लाही सदरमुकाम मलंगवामा बिहीबार पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

मलंगवा नगरपालिका-२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उनको भनाइ छ। स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो।

प्रकाशित: ६ चैत २०८२ ६:०१ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast