पल शाहको लगानीमा ‘यानीमाया’ बन्ने, निर्देशकमा जोडिए ओम प्रतीक

हिमाल प्रेस १७ चैत २०८२ ११:०२ | Tuesday, March 31, 2026
8
SHARES
पल शाहको लगानीमा ‘यानीमाया’ बन्ने, निर्देशकमा जोडिए ओम प्रतीक

काठमाडौँ- मोडल तथा कलाकार पल शाहको निर्देशनमा फिल्म ‘यानीमायाः रिदम अफ लभ’ बन्ने भएको छ। पलसँगै चन्द्र ज्योती आलेको लगानी रहने बताइएको छ।

फिल्म निर्देशक ओम प्रतिकले निर्देशन गर्न भएका छन्। निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा पल शाह र मोडल अञ्जना मगर प्रमिल रुपमा देखिएका छन्।

पल र अञ्जना नै फिल्मका मुख्य पात्र हुन्। पल र अञ्जनाले यसअघि म्युजिक भिडियोमा काम गरेका छन्।

ओमले यसअघि फिल्म ‘मोहर’ निर्देशन गरेका थिए, जसमा मुख्य भूमिकामा पल नै थिए। फिल्म दर्शकले रुचाएका थिए। अब, ओम र पलले एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन्।

फिल्म प्रेमको कथामा निर्माण हुने बताइएको छ। फिल्म आगामी वर्ष जेठदेखि छायांकन सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

यो वर्ष पलका ‘मोहर र ‘आ बाट आमा’ सार्वजनिक भइसकेको छ। दुवै फिल्म दर्शकले रुचाएका छन्।

प्रकाशित: १७ चैत २०८२ ११:०२ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast