रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट अब पूर्ण इजलासमा

हिमाल प्रेस १५ चैत २०८२ १७:०५ | Sunday, March 29, 2026
20
SHARES
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट अब पूर्ण इजलासमा सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा आज (आइतबार) न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। सो रिटमा चैत १० गतेदेखि सुनुवाइ भएको थियो।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

प्रकाशित: १५ चैत २०८२ १७:०५ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast