आज विश्व जल तथा मौसम दिवस मनाइँदै

हिमाल प्रेस ९ चैत २०८२ ८:२१ | Monday, March 23, 2026
10
SHARES
आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ- ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ ।
मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिए ।

विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।

प्रकाशित: ९ चैत २०८२ ८:२१ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast