पोखरीमा महिलाको शव फेला

हिमाल प्रेस २७ फागुन २०८२ १८:१५ | Wednesday, March 11, 2026
18
SHARES
पोखरीमा महिलाको शव फेला प्रतीकात्मक तस्बिर।

काठमाडौैँ– सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा एक महिलाको शव फेला परेको छ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

प्रकाशित: २७ फागुन २०८२ १८:१५ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast