इस्लामिक राष्ट्रहरू किन उत्रिए इरानको विरोधमा?

हिमाल प्रेस ५ चैत २०८२ १६:४० | Thursday, March 19, 2026
16
SHARES
इस्लामिक राष्ट्रहरू किन उत्रिए इरानको विरोधमा?

काठमाडौँ- इस्लामिक राष्ट्रहरूले इरानद्वारा खाडी मुलुकहरूमा गरिएको आक्रमणको निन्दा गरेका छन्।

सउदी अरबको राजधानी रियादमा १२ वटा अरब र इस्लामिक राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठकले इरानको तर्फबाट भएका आक्रमणहरूको निन्दा गरेको हो।

बैठकमा सहभागी कतार, अजरबैजान, बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, पाकिस्तान, सउदी अरब, सिरिया, टर्की र यूएई सहभागी थिए।

उनीहरूले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘सबै राष्ट्रहरूले इरानका ती आक्रमणहरूको कडा निन्दा गरेका छन्, जसमा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आवासीय क्षेत्र, तेल प्रशोधन केन्द्र, खानेपानी प्लान्ट, विमानस्थल, घर र कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको थियो। प्रतिनिधिहरूले यस्ता आक्रमणहरूलाई कुनै पनि हालतमा जायज ठहराउन नसकिने बताएका छन्।’

अन्य राष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान गर्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएमात्र इरानसँग सम्बन्ध राम्रो हुन सक्ने उनीहरूले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ,‘इरानले अरब देशहरूमा आफ्ना समर्थित मिलिसियाहरूलाई सहयोग, पैसा र हतियार दिन बन्द गर्नुपर्छ। इरानले स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवतजावत रोक्ने वा बाब अल–मन्डेबमा समुद्री सुरक्षाका लागि खतरा पैदा गर्ने जस्ता धम्कीहरूबाट बच्नुपर्छ।’

इरानको ‘साउथ पार्स ग्यास फिल्ड’ मा आक्रमण भएपछि इरानले खाडी क्षेत्रमा अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीहरूमा आक्रमण गरेको थियो। साउदी अरब, कतार, कुवेत र संयुक्त अरब एमिरेट्स यी आक्रमणहरूबाट प्रभावित भएका थिए।

प्रकाशित: ५ चैत २०८२ १६:४० | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast