के हो धनुषा-१ को विवाद?

हिमाल प्रेस २५ फागुन २०८२ १२:१० | Monday, March 9, 2026
18
SHARES
के हो धनुषा-१ को विवाद?

काठमाडौँ- धनुषा क्षेत्र नम्वर १ मा मतगणनाको विषयलाई लिएर विवाद भएको छ। सो क्षेत्रमा रास्वपाका किशोरी शाहको उम्मेदवारी खारेज भएकोमा नेकपाका मातृका यादवले सबैभन्दा बढी मत ल्याएका छन्।

मतगणना अनुसार यादवले १० हजार ४ सय २८ मत ल्याएका छन्। दोस्रो स्थानमा नेपाली कंग्रेसका उम्मेदवारले ९ हजार ४ सय ८५ मत ल्याएका छन्।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रास्वपाका शाहले दिएको रिट सर्वोच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचन आयोगले त्यहाँको नतिजा सार्वजनिक नगर्न भनेको छ।

शाहको रिटमा आज अदालतमा सुनुवाइ हुँदैछ।

यसैबीच नेकपाले वक्तव्य जारी गर्दै पहिलो स्थानमा रहेका आफ्ना उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।

प्रकाशित: २५ फागुन २०८२ १२:१० | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast