पश्चिम एसिया तनाव : तेल र ग्यासको मूल्यमा वृद्धि

हिमाल प्रेस ५ चैत २०८२ १८:१९ | Thursday, March 19, 2026
10
SHARES
पश्चिम एसिया तनाव : तेल र ग्यासको मूल्यमा वृद्धि फाइल तस्बिर

काठमाडौँ- पश्चिम एसियामा ऊर्जा केन्द्रहरूमा भएको आक्रमणपछि तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ।

एसियाको सुरुवाती कारोबारमा ‘ब्रेन्ट कच्चा तेल’ को मूल्य ४ प्रतिशतले बढेर प्रतिब्यारेल ११२ डलर पुगेको बीबीसीले जनाएको छ।

अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि ३ प्रतिशतले बढेको छ। त्यस्तै बिहीबार बेलायतमा ग्यासको मूल्यमा २५ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। यहाँ तेलको मूल्य करिब ५ प्रतिशत बढीमा कारोबार भइरहेको छ।

तेल र ग्यासको मूल्यमा भएको वृद्धि हुनुअघि पश्चिम एसियामा ऊर्जा पूर्वाधारहरूमा नयाँ आक्रमणहरू भएका थिए, जसमा कतारको मुख्य ग्यास भण्डार पनि समावेश छ।

यसका साथै विश्वकै ठूला प्राकृतिक ग्यास क्षेत्रहरूमध्ये एक इरानको ‘साउथ पार्स’ ग्यास केन्द्रमा पनि आक्रमण भएको छ।

इरानले जवाफी कारबाही गर्दै कतारको एउटा ठूलो तरल प्राकृतिक ग्यास निर्यात केन्द्रमाथि आक्रमण गरेर ठूलो क्षति पुर्‍याएको बताइएको छ। यो आक्रमणपछि विश्वव्यापी ऊर्जा आपूर्तिलाई लिएर चिन्ता बढाएको छ।

प्रकाशित: ५ चैत २०८२ १८:१९ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast