झापामा आजै रातिदेखि मतगणना सुरु हुने

हिमाल प्रेस २१ फागुन २०८२ १८:४२ | Thursday, March 5, 2026
20
SHARES
झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा- प्रतिनिधिसभा सदस्यको आज (बिहीबार) सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छन्।

निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए। जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ। पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए। यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए।

प्रकाशित: २१ फागुन २०८२ १८:४२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast