कास्कीमा मतगणना सुरु

हिमाल प्रेस २२ फागुन २०८२ ५:४८ | Friday, March 6, 2026
10
SHARES
कास्कीमा मतगणना सुरु

पोखरा- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्की जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमध्ये कास्की-२ को मतगणना सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की-१ र कास्की-३ को मतगणना पनि आजदेखि सुरु गर्ने तयारी गरिएको छ।

कास्की-२ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्। मतगणना भने पोखरा महानगरपालिका-३३ नम्बर वडाबाट सुरु गरिएको हो।

यस निर्वाचन क्षेत्रमा कुल ८४ हजार १३४ मतदाता रहेका थिए। त्यसमध्ये ६२ दशमलव ९५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता संख्याको हिसाबले कास्की-२ क्षेत्र कास्की-१ र कास्की-३ को तुलनामा कम मतदाता भएको क्षेत्र हो।

कास्की-२ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन कार्यालयले मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुरक्षा र व्यवस्थापन मिलाइएको जनाएको छ।

मतगणनाको प्रारम्भिक नतिजा केही समयमै सार्वजनिक हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २२ फागुन २०८२ ५:४८ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast