काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज आलु, काउली, फर्सीसहितका तरकारीको भाउ केही घटेको छ। तर बोडी, भन्टा, करेला, लौका, घिरौँलासहितका तरकारी भने महँगिएका छन्।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ७१, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७०, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी १७०, करेला १७०, लौका १०५, घिरौँला १०७, डल्ले फर्सी ५५, पाकेको फर्सी ६०, भिन्डी १४०, कन्य च्याउ २२०, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४४२, न्यूरो ७५, ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु १८, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ९०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ५५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।
तनेबोडी १७०, करेला १५०, लौका ९३, घिरौँला ९०, डल्ले फर्सी ८५, पाकेको फर्सी ५५, भिन्डी १३०, कन्य च्याउ २१५, डल्ले च्याउ ३२६, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ९४ रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची





